‘मजदुरकाे सुरक्षाकाे लागि राज्य गम्भीर बन्नुपर्छ’

 माघ ०७, २०७९

तुलसीपुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले मजदुरकाे हक हितकाे लागि राज्य सङ्गकाे लडाई निरन्तर जारि रहेकाे बताएका छन । दाङ जिल्ला कमिटिकाे तेस्राे अधिबेशनकाे उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।  राज्यलाई कर तिर्न तयार हुने हामिलाई राज्यले उपेक्षा गरेकाे हुदा मजदुरकन मागहरुका बारेमा निरन्तर छलफलमा रहेकाे बताएका छन ।

राज्यले भवितव्य घटनामा पनि दाेषि सरहकाे व्यवहार स्विकार्य नहुने उनले बताएका थिए । सामन्य गल्तिमा समेत अपराध गरे सरहकाे व्यवहार गरिएकाेमा दुखेसाे ब्यक्त गरेका थिए ।

उपाध्यक्ष केशव राम्जा स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा बाेल्दै विशिष्ठ अतिथि नगर प्रमुख टिकाराम खड्काले मजदुरलाई सामाजिक सुरक्षा काेषमा जाेड्नु पर्ने बताएका थिए ।  नगर प्रमुख खड्काले आफ्नाे पेशालाई  मर्यादित बनाउनुपर्नेमा  जाेड दिएका थिए ।

त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष शुरेस हमालले यातायात मजदुरकाे सवालमा राज्य गम्भीर हुनुपर्ने बताएका थिए । पेन्शनकाे ब्यवस्थापनकाे लागि मजदुर काेषमा लगानि गर्न आफुहरु तयार रहेपनि राज्यबाट अपहेलित हुनुपरेकाे उनले बताएका थिए । साथै यातायात सेवालाई थप व्यवस्थित गर्न आवस्यक रहेकाे बताएका थिए । उनले चालक र सहचालकले अनेक कुरा गरेर प्यासेन्जरलाई दुख दिने काम बन्द गर्नुपर्नेमा जाेड दिएका थिए ।

 

कार्यक्रममा शान्ति समाजका निवर्तमान उपसभापति सुशील बस्नेत, नगर प्रबक्ता माधव वली, ईप्रका तुलसीपुरका डिएसपि पुष्पराज मल्ल, राप्ती ट्रक व्यवसायी समितिकाे बरिष्ठ उपाध्यक्ष प्रेमनाथ याेगी, नमस्ते यातायात प्रालिका अध्यक्ष वामदेव खनाल लगायतले बाेलेका थिए । कार्यक्रममा लामाे समय देखि चालकका रुपमा रहेकालाई सम्मान गरिएकाे थियाे । कार्यक्रमकाे सहजिकरण सचिव यज्ञबहादुर  बुढाथाेकीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया