जनमुखी खवरका सम्पादक सम्मानीत

 माघ ०७, २०७९

तुलसीपुर । सुकाैराकाेट मिडिया प्रालिद्वारा सञ्चालित जनमुखी खवरका सम्पादक वसन्त परियार सम्मानित भएका छन ।  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटिकाे तेस्राे अधिबेशनकाे उद्घाटन अवसरमा उनी सम्मानित भएका हुन ।

सञ्चार क्षेत्रबाट संगठनकाे विकासकाे लागि याेगदान गरेकाे भन्दै प्रमाण पत्र सहित सम्मान गरिएकाे थियाे । यस्तै, रेडियाे हाम्राे पहुचका समाचार सम्पादक  जित सागर जिएम पनि सम्मानित भएका थिए । संगठनका अध्यक्ष केशव बहादुर भण्डारीकाे अध्यक्षता तथा केन्द्रीय अध्यक्ष भिम ज्वाला  राईकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे थियाे ।

तपाईंको प्रतिक्रिया