एम्वुलेन्सको ठक्कर मोटरसाइकल चालकको मृत्यु

 माघ ०९, २०७९

घोराही । दाङमा एम्वुलेन्सको ठक्कर मोटरसाइकल चालकको मृत्यु भएको छ । एम्वुलेन्सको ठक्करबाट गम्भीर घाइते घोराही उपमहानगरपालिका–१० निवासी पूर्ण पुनमगरको उपचारका लागि भैरहवा मेडिकल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घोराही–होलेरी सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१३ दारबोट चोकमा रोल्पाबाट घोराहीतर्फ आउदै गरेको रा १ झ १९७ नम्वरको एम्बुलेन्सले रोल्पातर्फ जादै गरेको रा ६ प ८९८५ नंम्वरको मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकल चालक पुन गम्भीर घाइते भएका थिए । एम्वुलेन्सको ठक्करबाट गम्भीर घाइते पुनलाई उपचारका लागि सुरुमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएको थियो ।

घाइतेको अवस्था गम्भिर भएकाले थप उपचारको लागी प्रतिष्ठानबाट भैरहवा मेडिकल कलेज भैरहवा रिफर गरेको थियो । तर घाइतेलाई भैरहवा मेडिकल कलेज पु¥याएर चेकजाच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता राजन गौतमले जानकारी दिएका छन् । उनका अनुसार एम्बुलेन्स चालक रोल्पा जिल्ल त्रिवेणी गाउँपालिका निवासी २८ बर्षीय निर्मल बुढा र एम्वुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानको कार्य भैरहेको छ ।

तपाईंको प्रतिक्रिया