सवारी चालक र सहचालकको नि:शुल्क स्वास्थ्य परिक्षण

 माघ १४, २०७९

तुलसीपुर  । ईलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजना तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीको सहआयोजनामा आज (शनिबार ) तुलसीपुरको बसपार्कमा स्वास्थ्य शिबिर तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । जिबन रक्षा सबैको प्राथमिकता भन्ने नाराका साथ यातायात क्षेत्रमा आबद्ध चालक तथा सहचालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

साथै सो अबसरमा चालक तथा सहचालकहरुलाई ट्राफिक नियम र सवारी दुर्घटना न्यूनीकरण बारे प्रशिक्षण दिईएको छ । संगठनका जिल्ला अध्यक्ष दिपक कुमार बुढाथोकीको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानि चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । संगठनका सचिब खिम बहादुर डागिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रिय सल्लाहकार सुरेस हमाल ,ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख पुष्पराज मल्ल,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश उपाध्यक्ष केशब बहादुर भण्डारी ,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे,अम्बिकेश्वरि सार्बजनिक यातायात प्रालिका अध्यक्ष घनश्याम बस्नेत र छहरा यातायात प्रालिका अध्यक्ष दुसान्त चौधरी लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण सहसचिव प्रकाश भण्डारीले गर्नुभएको थियो ।

मृगौला पीडितलाई राहात रकम हस्तान्तरण

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङका निबर्तमान सदस्य तथा मृगौला पीडित गिर्दल नेपालीलाई राहत रकम प्रदान गरिएको छ । लामो समय सम्म चालकको रूपमा काम गरि हाल मृगौला पीडित नेपालीलाई जिफन्टको राहात कोषबाट उपलब्ध भएको ३० हजार रुपैयाँ हस्तान्तरण गरिएको संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र ओलिले जानकारी दिनुभयो । यस अघि संगठनको तर्फबाट पनि आर्थिक सहयोग गरिएको उहाले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया