युक्रेनको एक अस्पतालमा रुसी आक्रमण, १४ जनाको मृत्यु

 माघ १५, २०७९

काठमाडौं ।  रुसले युक्रेनी सेनाले एक अस्पतालमा गरेको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको आरोप लगाएको छ ।  रुसको कब्जामा रहेको पूर्वी युक्रेनको लुहान्स्कस्थित नोभाइदरमा रहेको अस्पतालमा १४ जनाको मृत्यु भएको र २४ जना घाइते भएको रुसी रक्षा मन्त्रालयको आरोप छ ।

उसका अनुसार मृत्यु र घाइते हुनेमा बिरामीदेखि स्वाथ्यकर्मीसम्म छन् । रुसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले जानीजानी अस्पताल भवनमा अमेरिकामा निर्मित हिमार्स रकेट प्रहार गरेको बताएको छ ।  सैन्य चिकित्सकले आम नागरिक तथा घाइते सैनिकको उपचार गरिरहेको अस्पतालमा युक्रेनले कयौँ रकेट प्रहार गरेको रुसी आरोप छ । रुसले युक्रेनले अस्पतालमा आक्रमण गरेर गम्भीर युद्ध अपराध गरेको समेत बताएको छ । यसबारे युक्रेनले केही भनेको छैन ।

तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पूर्वी युक्रेनमा नरसंहार गरिरहेको आरोप लगाएका छन् । युक्रेनी अधिकारीले पूर्वी युक्रेनमा रुसी मिसाइल प्रहारबाट ३ जनाको मृत्यु भएको र कयौँ व्यक्ति घाइते भएको बताएका छन् ।

तपाईंको प्रतिक्रिया