यी हुन लुम्बिनीमा रहने १० वटा मन्त्रालय

 माघ १७, २०७९

दाङ । लुम्बिनी प्रदेशमा ३ वटा मन्त्रालय कटौती गरेर अब १० वटा मन्त्रालय बनाइने भएको छ भने राज्यमन्त्री पनि नराखिने भएको छ ।यसअघिको लुम्बिनीमा ४ राज्यमन्त्री गरी १७ जना मन्त्री थिए । अब मुख्यमन्त्रीसहित १० जना मात्र मन्त्री रहने आधारमा मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए । मन्त्रिपरिषद्को आकार बढाउँदा प्रदेश सरकारलाई आर्थिक भार थपिने भएकाले मन्त्री परिषद् घटाउने तयारी भएको उनले बताए ।

लुम्बिनी प्रदेशको पहिलो मन्त्रिपरिषद् बैठकले १३ मन्त्रालयको संख्या घटाएर १२ बनाउने निर्णय गरेको थियो । तर पछि थप दुईवटा मन्त्रालय घटाएर १० वटा राख्न लागिएको हो ।

अब रहने मन्त्रालयको सूची

– मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
– आर्थिक मामिला मन्त्रालय
– आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय
– भौतिक पूर्वाधार विकास मन्त्रालय
– जलस्रोत व्यवस्था, ग्रामीण तथा शहरी विकास मन्त्रालय
– स्वास्थ्य मन्त्रालय
– सामाजिक विकास मन्त्रालय
– यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय
– वन तथा वातावरण मन्त्रालय
– कृषि तथा सहकारी मन्त्रालय

तपाईंको प्रतिक्रिया