ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

 माघ १८, २०७९

रुकुम पश्चिम ।  रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार राति मुसीकोट-४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको र चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

घटनामा परेर भेरी नगरपालिका -१ जाजरकोटका ३४ वर्षीय हरिबहादुर विकको मृत्यु भएको छ भने दुर्घटनामा परेर ट्याक्टर चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षीय मनबहादुर विक घाइते भएको प्रहरीले बताएको छ । घाइतेको स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी नेपालगञ्ज रेफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

ट्रलिबिनाको खाली ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

तपाईंको प्रतिक्रिया