दलित समुदायकाे लागि नेतृत्व विकास तालिम

 माघ २०, २०७९

तुलसीपुर । दंगीशरण गाउँपालिका २ नम्बर वडाकाे काैवाघारिमा  दलित समुदायकाे लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सुरु भएकाे छ ।  वडा अध्यक्ष  डम्बर खत्रीकाे अध्यक्षता एवम् राष्ट्रिय दलित आयाेगका अध्यक्ष देबराज विश्वकर्माकाे प्रमुख आतिथ्यता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीकाे विशिष्ट आतिथ्यतामा तालिमकाे उद्घाटन भएको हाे ।

तालिमकाे उद्घाटन गर्दै आयाेगका अध्यक्ष देबराज विश्वकर्माले दलित समुदायमा चेतनाकाे विकास गर्न आवस्यक रहेकाे बताएका थिए । जब सम्म सचेत बन्न सकिँदैन तवसम्म समाजले विभेदकाे  दृष्टिकाेणले हेर्ने हुदा आफुमा परिवर्तन गर्नुपर्नेमा जाेड दिएका थिए । यसका साथै दलितहरूको समस्यालाई सम्बोधन गर्न राज्यका सवै सरोकारवाला निकायहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले  बताएका थिए ।

साे अवसरमा कार्यपालिका सदस्य कृष्ण विक,वडा सदस्य माेहन विक,दलित अगुवा छवि परियार लगायले बाेलेका थिए । उद्घाटन कार्यक्रमकाे सञ्चालन प्रशिक्षक समेत रहेका सिएम विश्वकर्माले गरेका थिए ।  तीन दिन सम्म सञ्चालन हुने तालिममा दलित अधिकारकर्मिहरु छवि परियार,खेमराज विश्वकर्मा पत्रकार वसन्त परियार र सिएम विस्वकर्मा रहेका छन । वडा कार्यालयकाे आर्थिक सहयाेगमा भएकाे तालिममा ४० जना बढिकाे सहभागिता रहेकाे छ ।

तपाईंको प्रतिक्रिया