यो साता सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

 फागुन २०, २०७९

काठमाडौँ । यो साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको मूल्य सामान्य वृद्धि भएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख २ हजार ४०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ९०० रुपैयाँ कायम थियो । गत साताको शुक्रबार कायम सुनको मूल्यको तुलनामा तोलामा १०० रुपैयाँले बढेको हो ।

यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम छ । यो सातामा आइतार ४०० ले मूल्य घटेको थियो । यस्तै, सोमबार २०० घटेको मूल्य मंगलबार स्थिर थियो ।

बुधबार एकै दिन ५०० ले बढेको सुनको मूल्य बिहीबार १०० रुपैयाँले बढेको थियो । यस्तै, शुक्रबार तोलामा १०० रुपैयाँले घटेर कारोबार भएको महासंघले जनाएको छ । यस्तै, यो साता चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले घटेको हो ।

गत साताको शुक्रबार तोलामा १ हजार २७५ रुपैयाँ कायम चाँदीको मूल्य यो साताको शुक्रबार १ हजार २६५ रुपैयाँ कायम छ ।

तपाईंको प्रतिक्रिया