सिद्ध भगवन्तनाथ मन्दीरमा सञ्चालित महायज्ञकाे समापन

 फागुन २१, २०७९

तुलसीपुर ।  दंगिशरण गाउँपालिका वडा नम्बर ७ श्रीगाउँ स्थित श्री सिद्ध भगवन्तनाथ मन्दिरमा सञ्चालित  महायज्ञको आइतबार एक कार्यक्रमका बिच समापन गरिएको छ । मुल आयोजक समितिका संयोजक धर्म नाथ योगीको सभापतित्व तथा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरिको प्रमुख आतिथ्यता र प्रमुख कथा बाचक अच्युत शरण महाराज धितालको विशिष्ट आतिथ्यमा महायज्ञकाे  समापन भएको हाे । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष गिरिले पर्यटकीय क्षेत्रको रूपमा रहेको यश सिद्ध भगवन्तनाथ मन्दिरको प्रवेश द्वार निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष रोशन जंग शाहले  आफ्नो वडाले ऐतिहासिक मन्दिरको लागि सक्दो सहयोग गर्ने बताउनु भएको छ । महायज्ञबाट नगद १५ लाख ७ हजार  आर्थिक संकलन भएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष गाेपाल नाथ योगीले जानकारी दिनु भएको छ । कार्यक्रममा स्वागत मन्तव्य विष्णा गौतमले गर्नु भएको थियो ।

मन्दीरको विकासका लागि संचालित सप्ताह ज्ञान महायज्ञ फागुन १४ बाट सञ्चालनमा रहेकाे  सचिव सरद याेगिले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया