नायक मार्टकाे अर्को शाखा घोराही रोडमा

तुलसीपुर । तुलसीपुरकाे गुम्राह चाेकमा रहेको नायक मार्टले शाखाकाे रुपमा घोराही रोडमा सञ्चालनमा ल्याएकाे छ । शाखाको सोमबार एक कार्यक्रमका बीच तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले उद्घाटन गरेका हुन् । व्यवसायमा युवाको उत्साह कम हुदै गएकोमा यसले थप नयाँ उत्साह थपिएको भन्दै उनले खुशी व्यक्त गरे ।

मार्टले केही दिनकाे लागि सामान खरिदमा छुटकाे समेत ब्यवस्था गरेको छ । मार्टमा दैनिक उपभोग्य खाद्यान्नका सामानहरु साथै कष्मेटिक, गिफ्ट, खेलौना लगायतका सबै सामानहरु राखिएको सञ्चालक मदन खत्रीले जानकारी दिएका छन । करिब ४० लाखको लागतमा शाखाको रुपमा मार्ट सञ्चालनमा ल्याएकने अर्का सञ्चालक जगदिश केसीले जानकारी दिए । यसअघी गुम्राह चोकमा नायक मार्ट सञ्चालनमा छ ।
तपाईंको प्रतिक्रिया