गौलौरा स्थित शिव मन्दिरमा महायज्ञ सुरु

तुलसीपुर । तुलसीपुर ६ गौलौरामा रहेकाे शिव मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । मुल आयोजक समितीका संयोजक लोकराज डांगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानि चौधरीकाे प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हाे ।

कार्यक्रममा वडा न. ६ का वडा अध्यक्ष दुजमान भण्डारी, वडा न. १० का वडा अध्यक्ष एमराज के.सी. ,शिव मन्दिर ब्यवस्थापन समितीका सल्लाहकार तेज बहादुर डांगी, लक्ष्मी नारायण मन्दिरका सचिव डिल्लीराज रेग्मी, शसस्त्र प्रहरी निरीक्षक अशोक अधिकारी, रासस प्रमुख नारायणि रजौरे लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
महायज्ञ उद्घाटन अघि विभीन्न भेषभुषा सहितको र्याली तथा कलश यात्राले गोलौरा गाउँ परिक्रमा गरेको थियो । मन्दिरमा भवन निर्माण गर्ने उद्धेश्यले महायज्ञ संचालन गरेको आयोजकले जनाएको छ । महायज्ञको प्रमुख कथा वाचकमा स्वामी केशावाचार्य सुर्यपाकी रहनुभएको छ भने उपवाचकमा खगेण्द्र पण्डित रहनुभएको छ ।
समितीका उपाध्यक्ष शान्ता वटालाको स्वागत मन्तब्य बाट शुरु भएको उद्घाटन कार्यक्रमको शहजीकरण महायज्ञ मुल समितीका सचिव डम्वर डांगी र सन्तोष वलीले गर्नुभएको थियो । महायज्ञ फागुन २८ गते सम्म संचालन हुनेछ ।
तपाईंको प्रतिक्रिया