सुनको भाउ आज आठ सय रुपैयाँले बढ्यो

काठमाण्डाै । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

हिजो र अस्ति दुई दिन गरी तोलामा १५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने आठ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख एक हजार आठ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा तोलामा ५ सय रुपैयाँले बढी हो ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तिम अपडेट: फागुन २६, २०७९
तपाईंको प्रतिक्रिया