तोलाको १७ सयले बढ्यो सुनको भाउ

 फागुन २८, २०७९

काठमाडौं  । नेपाली बजारमा आज सुनको मूल्य १७ सयले बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया