आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

 फागुन २८, २०७९

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आज आइतार साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको छ । कम्पनीले फागुन ११ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको थियो । उक्त अवधिमा १ लाख ६९ हजार ७६५ कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको आईपीओमा करिब १५ लाख ३८ हजार जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ३०२ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले बिक्री खुलाएको भन्दा धेरै आवेदन परेपनि ‘लक्कि ड्र’मार्फत सेयर बाँडफाँट गरिएको थियो । जसअनुसार करिब १६ हजार ९७६ जनाले प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ पाएका छन् ।

तपाईंको प्रतिक्रिया