स्ववियु सभापतिमा नेविसंघका भण्डारी चुनावी प्रतिस्पर्धामा

तुलसीपुर । राप्ती बबई क्याम्पसमा स्ववियु सभापतिकाे लागि नेविसङ्घबाट प्रमोद भण्डारीले मनाेनयन दर्ता गराएका छन । भण्डारीकाे नेतृत्वमा मनाेनयन दर्ता गराएकाे याे प्यानलबाट सचिवमा अभिषेक कुसुन्डा, काेषाध्यक्षमा जेनि ढकाल शर्माले मनाेनयन दर्ता गराएका छन ।

क्याम्पसमा नेविसङ्घ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विच चुनावी तालमेल भएको छ ।
उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन भए सङ्गै भाेलिबाट प्रचार प्रसार तिव्र पारिने ईकाई सचिव डायमन गिरिले जानकारी दिएका छन । चैत्र ५ गते मतदान सुरु हुने छ ।
तपाईंको प्रतिक्रिया