अनेरास्ववियु संयुक्त प्यानलले आफ्ना प्रतिबद्धता सुनाउदै

तुलसीपुर । यहि चैत्र ५ गते स्ववियु निर्वाचनको लागि विभिन्न विद्यार्थी संगठनहरुले प्रचारलाई तिब्र पारेका छन । दाङमा पनि विभिन्न क्याम्पसहरुमा विद्यार्थी संघ संगठनले आफ्नो माहोल बनाउन थालेका छन । यसैक्रममा राप्ती बबई क्याम्पसमा एमाले निकट अनेरास्ववियुले पनि तयारी तिब्र पारेको छ । उस्ले अखिल क्रान्तीकारी विप्लव संग तालमेल गरि मनोनयन दर्ता गरेको छ ।

संयुक्त अनेरास्ववियु प्यानल बनाई स्ववियु सभापतिमा प्रदिप बस्नेत चुनावि प्रतिस्पर्धामा छन । युवा विद्यार्थीको चाहना अनुरुप शिक्षामा आमूल परिवर्तन गर्न आफ्नो उम्मेदवारी रहेकाे हुदा जिताउन अपिल गर्न थालेका छन । बस्नेतकाे प्यानलले विद्यार्थीकाे माझमा पुगेर आफ्नो तर्फबाट प्रतिबद्धता सुनाउदै प्रचारप्रसार अघि बढाएका छन ।
यो प्यानलबाट सचिवमा सोनिया थापा, कोषाध्यक्षमा हेमन्त प्रकाश वली उम्मेदवारका रुपमा रहेका छन ।
यस्तै, सदस्यहरुमा सागर देवकोटा,नविन डिसि,मनोज रावत ,भूमिसरा उपाध्याय,मनिसा चौधरी,कोमल वली र
इश्वर गिरी रहेका छन ।
यस्तै बबई क्याम्पसमा नेविसङ्घ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विच चुनावी तालमेल गरि प्रचार अघि बढाएका छन ।
तपाईंको प्रतिक्रिया