संयुक्त अनेरास्ववियु प्यानलकाे परिचयात्मक कार्यक्रम

 चैत ०२, २०७९

तुलसीपुर ।  यहि चैत्र ५ गते स्ववियु निर्वाचनको लागि विभिन्न विद्यार्थी संगठनहरुले अन्तिम प्रचार अभियान लाई तिब्र पारेका छन । आज रातिदेखि प्रचारप्रसार गरेकोले गर्न क्याम्पसहरुमा विद्यार्थी संघ संगठनले अन्तिम दिन प्रचारमा जुटेका छन  । यसैक्रममा राप्ती बबई क्याम्पसमा संयुक्त अनेरास्ववियु प्यानलले पनि उम्मेदवारकाे परिचयात्मक कार्यक्रम आज सम्पन्न  गरेकाे  छ ।

सभापतिका उम्मेदवार प्रदिप बस्नेतकाे अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य काेमल वलीकाे प्रमुख आतिथ्यता एवं बिप्लवका नेता प्रदिप वलीकाे बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि एमाले नेतृ काेमल वलीले परिवर्तित  शिक्षालाई अघि बढाउदै  विद्यार्थीकाे चाहाना पूरा गर्ने काम अनेरास्ववियुकाे नेतृत्वले गर्ने बताएकी थिईन । अबको शिक्षा युवा विद्यार्थीकाे राेजाईमा हुने गरि विकसित गर्नुपर्ने बताएकी थिईन  ।

उनले लाेकप्रिय संगठनका रुपमा स्थापित अनेरास्ववियुले नेतृत्व गरेकाे संयुक्त प्यानलकाे जितबाट क्याम्पसकाे शैक्षिक अवस्था थप मजवुद बन्ने बताएकि थिईन ।

कार्यक्रममा बिप्लव नेता प्रदिप वलीले शिक्षा सुधारको लागि संयुक्त अनेरास्ववियुकाे प्यानललाई विजयी बनाउन विद्यार्थीलाई अपिल गरेका थिए । उक्त कार्यक्रमकाे सहिजकरण अनेरास्ववियुका नेता रबिन वलीले गरेका थिए ।

क्याम्पसमा एमाले निकट अखिलले अखिल (क्रान्तीकारी) विप्लव संग तालमेल गरि निर्वाचनमा हाेमिएकाे छ । यो प्यानलबाट सचिवमा सोनिया थापा, कोषाध्यक्षमा हेमन्त प्रकाश वली उम्मेदवारका रुपमा रहेका छन । यस्तै, सदस्यहरुमा सागर देवकोटा,नविन डिसि,मनोज रावत ,भूमिसरा उपाध्याय,मनिसा चौधरी,कोमल वली र  इश्वर गिरी रहेका छन ।

तपाईंको प्रतिक्रिया