यूएईलाई हराउँदै नेपाल विश्वकपको क्वालिफायरमा

 चैत ०२, २०७९

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालले जित हासिल गरेको छ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । नेपालले ९ रनले खेल जितेको छ । ३ सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।

खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।

तपाईंको प्रतिक्रिया