दाङमा एक महिलाको निसास्सिएर मृत्यु

 चैत ०३, २०७९

दाङ । दाङमा एक महिलाको निसास्सिएर मृत्यु भएको छ। दंगीशरण गाउँपालिका– ५ देविस्थाननिवासी ४० वर्षीया पार्वती घर्तीको निसास्सिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार घर्तीको शरीर नजलेको, तर निसास्सिएर मृत्यु भएको अवस्थामा फेला परेको थियो।

घर्ती उनको एककोठे टिनले छाएको कच्ची घरमा एक्लै बस्दै आएकी थिइन्। उनका तीन छोरा छन्। तीनैजना काठमाडौंमा रोजगार गर्दै आएका छन्। चुरोट सल्काएर फालेको र त्यही कारणले घरभित्र आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ।

तपाईंको प्रतिक्रिया