विद्युत प्राधिकरण तुलसीपुरमा ३ करोड महशुल उठ्न बाकी

 चैत ०४, २०७९

तुलसीपुर । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले ३ करोड बढी विद्युत महशुल उठाउन बाँकी रहेको बताएको छ । वर्षौँसम्म बिजुली बत्ती बालेर महशुल नबुझाएका २ हजार ६ सय ८२ ग्राहकबाट ३ करोड १६ लाख रकम असुल गर्न बाँकी रहेको वितरण केन्द्रका प्रमुख ज्ञान प्रसाद फर्सालले बताउनुभयो ।

बक्यौता रकम ग्राहकबाट न्यूनतम एक हजार देखि ९० लाख रुपैयाँ सम्म उठाउनु पर्ने छ । जसमा तुलसीपुर उपमहानगरपालिकाकाे  ९० लाख बक्यौता  रहेकाे फर्सालले बताउनुभयो । त्यसैगरी ग्वारखोलामा रहेको जनविश्वास कंक्रिट उद्योगको एक लाख १४ हजार, तुलसीपुर कारागारको २ लाख, राम्री ड्रिङकिङवाटर १ लाख ८४ हजार, राइस ह्याचरी तुलसीपुर १३ दमारगाउँको एक लाख १४ हजार रकम उठन् बाँकी रहेको छ ।

 

तपाईंको प्रतिक्रिया