स्ववियु निर्वाचन: दाङमा  १५ क्याम्पसमा सर्वसम्मत

 चैत ०४, २०७९

तुलसीपुर । स्ववियु निर्वाचनका लागि दाङमा हाल सम्म  १५ क्याम्पसमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।  चैत ५ गते ताेकिएकाे निर्वाचनमा धेरै क्याम्पसमा   विद्यार्थी सङ्गठनले सहमतिमा नेतृत्व चयन गरेका हुन । अनेरास्ववियुले सबैभन्दा बढि ५ वटा क्याम्पसकाे नेतृत्व लिएर अगाडि रहेको दाङ  जिल्ला अध्यक्ष गाेविन्द बस्नेतले जानकारी दिएका छन ।

हाल सम्म नेतृत्व चयन भएका मध्ये अनेरास्ववियुले  ५ वटा,नेविसंघ,अखिल ( क्रान्तिकारी) र विप्लव निकट अखिल क्रान्तिकारीले ३/३ वटा  क्याम्पस र राप्रपा निकट विद्यार्थी सङ्गठनले १ ठाउकाे नेतृत्व लिएका छन ।  जस अनुसार शिद्ध पृथ्वी जनता क्याम्पस श्रीगाउ,नाेभेक्स कलेज, क्याम्पस अफ लाईभ साईन्स तुलसीपुर , दाङ भ्यालि कलेज र   स्पान कलेज    घाेराहिकाे स्ववियु सभापति अनेरास्ववियुले लिएको अध्यक्ष बस्नेतले जानकारी दिए । यस्तै, नेविसंघले पुरन्धारा क्याम्पस,ज्ञानदिप कलेज र अम्विकेश्वरि कलेज घाेराहि गरि ३ वटाकाे  नेतृत्व लिएको छ ।

त्यसैगरी अखिल (क्रान्तिकारी)ले गाेर्खा कलेज, मार्क कलेज र पद्माेदय क्याम्पस गरि ३ वटाकाे नेतृत्व लिएको छ । विप्लव निकट अखिल क्रान्तिकारीले शिद्धरत्ननाथ क्याम्पस, ज्ञान सिन्धु कलेज नारायणपुर र राप्ती शिक्षा क्याम्पस घाेराहिकाे नेतृत्व लिएको बताईएकाे छ । त्यसैगरी राप्रपा निकट विद्यार्थी सङ्गठनले दिपशिखा कलेजमा नेतृत्व लिएको छ ।

भाेलि केन्द्रीय आयुर्वेद बेलझुण्डि , देउखुरी बहुमुखी क्याम्पस ,ऐरावति क्याम्पस र जनता क्याम्पस गढवामा निर्वाचन हुदैछ भने महेन्द्र बहुमुखी क्याम्पस ,राप्ती बबई क्याम्पसमा भने विवाद हुदा निर्वाचन सरेकाे छ ।

तपाईंको प्रतिक्रिया