ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

धनगढी । कैलालीमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्र्याक्टर गए राति जोशीपुर गाउँपालिका–७ हजारी भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी भजनी नगरपालिका–९ का १५ वर्षीया चाहना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको ज्यान गएको प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो । घोडाघोडी अस्पतालमा उपचारको क्रममा उनीहरूको ज्यान गएको हो ।
तपाईंको प्रतिक्रिया