जंगली जनावरको सुकुटी सहित एक जना पक्राउ

 चैत ०७, २०७९

तुलसीपुर । दाङमा जंगली जनावरको २० किलो सुकुटी सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजपुर गाउँपालिका ७ निवासी ४९ वर्षीय कमानसिंह विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभएको छ ।

विक जंगली जनावरको सुकुटी बोकेर हिडीरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी चंगुवा र इप्रका गढवाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाइ राजपुर गाउँपालिका ५ नौसरा नजिकै सुकुटी बोकेर पैदल हिडिरहेकै अवस्थामा फेला पारी नियन्त्रमा लिएको डिएसपी गौतमले बताउनुभएको छ । पक्राउ परेका विक लाई २० किलो सुकुटी सहित आवश्यक कार्वाहीका लागी डिभिजन वन कार्यालय लमहीमा बुझाइएको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया