शिक्षित भनिएका ब्यक्तिले नै विभेद गर्दा  समस्या भएको छ: अध्यक्ष विश्वकर्मा

 चैत ०७, २०७९

तुलसीपुर ।  राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज बिश्वकर्माले  जातकाे आधारमा गरिने विभेदले समाज अझै पछि धकेलिएको बताएका छन । ५८औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस अर्थात मार्च २१ का अवसरमा तुलसीपुरमा आयाेजित समारोहलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन । अहिले पनि मान्छेमाथिको विभेद कायमै रहेकोमा यसले सभ्य समाज निर्माणमा अवरोध पुर्‍याउने बताएका थिए । कला, संस्कृति र प्रविधिमा धनाढ्य रहेको दलित समुदाय समाजमा अपहेलित भएर बाच्नु परेकाे उनले बताएका थिए   ।

नगर प्रमुख टिकाराम खड्काकाे अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दैअध्यक्ष विश्वकर्माले लामाे समय देखिकाे आन्दोलनबाट केही उपलब्धि प्राप्त भएतापनि कार्यान्वयनमा चुुनाैति देखिएकाले समस्या भएको बताएका थिए । लाखाै दलित समुदाय छुवाछूत तथा विभेदकाे सिकार बनेर मानसिक रुपमा समस्या भोगिरहनुपरेको हुदा समस्या समाधानको लागि दलित आयोग प्रतिवद्ध रहेकाे उनले बताएका थिए ।   शिक्षित भनिएका ब्यक्तिले नै विभेद गर्दा  समस्या भएको हुदा  यसकाे अन्त्यकाे लागि सबै मिलेर लाग्नुपर्नेमा जाेड दिएका थिए ।

दलित अधिकारकर्मी निर्मल नेपालीले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य रेखा शर्मा, दलित अधिकारकर्मिहरु जाेगेन्द्र विश्वकर्मा, युवा करारा, महिला अधिकारकर्मि शुष्मा गिरी, बालअधिकारकर्मि नवराज लामिछाने, बबई गाउँपालिकाका निवर्तमान उपाध्यक्ष साबित्रा विश्वकर्मा, काङ्ग्रेसका ईश्वरी सुनार,एमालेका रुप बहादुर खत्री,एकीकृत समाजबादी  शिव परियार,पत्रकार सुशील बस्नेत , तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, नगर उपप्रमुख श्यानी चौधरीले समाजमा रहेका विभेदकारी नियमलाई कागजमा सिमित नबनाई व्यबहारमा लागू गर्नुपर्ने बताएका थिए ।

 

कार्यक्रममा  समुदायका जेष्ठनागरिकलाई पाेषिलाे खानेकुरा र  नगदसहित सम्मान गरिएको थियोे । यस्तै  कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी,आरण पेशाकर्मि,  पत्रकार, सारङ्गी पेसाकर्मी, बाध्यबादनकर्मी लगायतलाई सम्मान गरिएको थियोे ।

उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ र कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले गरेका थिए । कार्यक्रम सुरु हुनु अघि बाजागाजा सहित य्रालिले बजार परिक्रमा गरेको थियोे ।

 

तपाईंको प्रतिक्रिया