लागु औषध सहित दाङमा ५ जना पक्राउ

 चैत ०८, २०७९

तुलसीपुर । लागु औषध (ब्राउन सुगर) सहित दाङमा ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही १५ बस्ने बर्ष १९ को त्रिशक्ति बर्तौला, गढवा ४ बस्ने बर्ष ३५ को सद्धाम मनिहार, बर्ष २४ को अनिल पहाडी,बर्ष २७ को प्रदिप चौधरी, बर्ष २५ को मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनिहरुलाई आज विहान गढवा गाउँपालीका वडा न.४ बस्ने दुखिराम चौधरीको खाली घरबाट प्रक्राउ गरिएको हो । लागु औषध सेवन गरिरहेकोे गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा बाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ प्लाष्टिक सहित तौल गर्दा ११ ग्राम र प्लाष्टिक हटाई तौल गर्दा १० ग्राम फेला पारेका होे । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।

 

तपाईंको प्रतिक्रिया