जनगणनाको पूर्ण विवरण आज सार्वजनिक हुँदै

 चैत १०, २०७९

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । २०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० थियो । कार्यालयले पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणभन्दा करिब पाँच लाख जनसङ्ख्या घट्ने अनुमान गरेको जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा २०७८ माघ महिनामा सार्वजनिक गरिएको थियो। २०७८ साल कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।

तपाईंको प्रतिक्रिया