बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

 चैत १०, २०७९

वीरगञ्ज । पर्सामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । पटेर्वासुगौली गाउँपालिका-२ निवासी सुदामा महतो बाघको आक्रमणबाट गम्भिर घाइते भएका हुन् ।

दाउरा लिन जंगलमा गएको समयमा महतोलाई बाघले आक्रमण गरेको स्थानीयले बताएका छन् । महतोको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया