जब कुमाल परिवारले जस्तापाताले छाएको नयाँ घर पाए …

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ बेलटाकुराको बबई नदि जाने ओरालोनेर खरले छाएको एउटा सानो झुपडी छ । घरको तलतिर खोला बगिरहेको छ । सानो एक छाने घरको छेउमा पकाउने ठाउ छ अर्कोतिर सुत्ने ठाउ छ । सुत्नलाई पलङ त के हुनु अट्ने ठाउ समेत छैन । त्यहि घरमा गएको साउन पहिलाे साता भिमा वली कुमालले बच्चा जन्माईन ।
श्रीमान बसन्त कुमाल पैसा कमाउन मजदुरीको लागी उतिबेला भारतमा थिए । सुत्केरी उनलाई खुवाउने देखि लिएर स्याहार गर्ने समेत कोहि थिएन् । खानलाई नुन तेल देखि लिएर चामल पनि नभएको खबर वडाध्यक्ष मान बहादुर रावत कहाँबाट पुग्याे । त्यो अवस्थामा सुत्केरी भएको थाहा पाए लगत्तै आफै अग्रसर भएर नगद देखि लिएर खाद्यान्न कपडाको जोहो गर्नतर्फ लागे ।
२०७९ साउन १० गते सहयोग लिएर पुग्दा वडाध्यक्ष सहित स्थानीय
वडाध्यक्षले आफैबाट सुरु गरेर उरहरी बजारमा नगद तथा खाद्यान्न संकलन भयो । उतिबेला नगद सहित चामल,नुन तेल,दाल,सुत्केरी तथा बच्चाको कपडा भिटाभिन, अण्डा लगायत सामानहरु बोकेर अध्यक्ष सहितको एक टोली घरमै पुगेकाे थियोे ।
घर पुग्दा ती सुत्केरी महिला मलिलो अनुहार लिएर बाहिर आईन । काखमै बच्चा चेपेकी कुमालले कोहि नहुनेको दैव हुन्छ भन्थे हो रहेछ भन्दै खुसीको अनुभुति गरेकि थिईन ।
उतिबेला कुमाल परीवारको घर निर्माणमा सहयोग गर्ने वडाध्यक्ष रावतले बचन दिएका थिए । उनले टिनको छाना सहितको घर निर्माणमा सहयोग गर्ने बताएका थिए । बिपन्न तथा बेसाहराको लागी आफु सगैं रहेको हुदा सहयोगको लागी तयार रहेको वडाध्यक्ष रावतल बताएका थिए । साेहि प्रतिबद्धता अनुसार कुमालको परिवारले जस्तापाता सहितको नयाँ घरमा बस्ने सपना पूरा भएको छ ।
वडा नम्बर ११ को आर्थिक सहयोगमा रंगिन जस्तापाता लगाउने काम पूरा भएको छ । खरले छाएकाे चुने छाना हटाइ रंगिन टिन सहितको छाना भएको घर निर्माण हुदा कुमाल परिवारमा खुसि छाएको छ । ‘टिनको छाना भएको घरमा बस्ने सपना थियोे, आज पूरा भएको छ’- कुमालले भनिन् । ‘यसका लागि वडा सरकारलाई धन्यवाद दिन चाहन्छु’।
तपाईंको प्रतिक्रिया