लागुपदार्थ दुव्र्यसनी न्यूनीकरण गर्न अभिभावक सम्म पुग्दै ‘नया पाइला’

गोकर्ण पौडेल, तुलसीपुर । समाजमा बढ्दै गएको लागुपदार्थ दुव्र्यशन अन्त्यका लागि नयाँ पाइला पुनस्र्थापना केन्द्र अभिभावकसम्म पुग्ने अभियान चलाएको छ । संस्था स्थापना भएदेखि नै दुव्र्यशनमुक्त समाज निर्माण गर्नका लागि समाजका विभिन्न संघ संस्थाहरुको समन्वय सहकार्यमा अभिभावकसम्म पुग्ने गरेको छ । हालसम्म साविक राप्ती अञ्चलका पाँच वटै जिल्लामा अभिभावक शिक्षा सम्पन्न गरेको संस्थाका निर्देशक सुरेश भुसालले जानकारी दिनुभयो ।

संस्थाले हालसम्म अभिभावक शिक्षाका लागि एक सय बढी विद्यालयमा एक लाख बढी पर्चा पम्पलेट वितरण गरेृको छ भने सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । संस्थामा हालसम्म एक हजार बढीको उपचार पछि समाजमा पुर्नस्थापना गराइएको छ । संस्थाले लागुपदार्थ दुव्र्यशनीमा परेकाहरुलाई उपचारका साथै सीप समेत प्रदान गरेको छ ।
तपाईंको प्रतिक्रिया