जग्गा हडप्नका लागि पातुखोलाकाे विचमा आरसिसि निर्माण

 चैत १६, २०७९

तुलसीपुर । तुलसीपुरको पातुखोला अतिक्रमण गर्ने कार्य अझै रोकिएको छैन । पातुखोलामा आफुखुसि संरचनाहरु बनाउने खोलाको भाग अतिक्रमण गर्ने भैरहेका छन । यसै क्रममा तुलसीपुरको आधुनिक अटोभिलेज देखि दक्षिण तर्फ पातुखोलाको पश्चिम् भाग अतिक्रमणमा परेको छ । खोलाको बिच भागबाट आरसिसि निर्माण गरि जग्गा उकास्न लागेको भन्ने सूचनाको आधारमा आइतबार तुलसीपुर उपमहानगरपालिकाले स्थलगत अनुगमन गरेको छ ।

कार्यबाहक नगरप्रमुख मान बहादुर रावतको नेतृत्वमा गएको टोलिले पातुखोलाको भाग अतिक्रमण गरि पक्कि आरसिसि निर्माण कार्य भैरहेको अबस्थामा फेला पारेको नगरप्रबक्ता माधब ओलिले जानकारि दिनुभयो । स्थानीय झग्गु भण्डारीले खोला अतिक्रमण गरि आरसिसि गरेको जानकारी पाएपछि  अनुगमन टोलिले  तत्काल काम रोक्न निर्देशन दिएको छ । खोलाको बिच भाग अतिक्रमण गरि झन्डै सात कठ्ठा जग्गा उकास्ने योजनाका साथ भैरहेको कार्यलाई रोक्न अनुगमन टोलिले निर्देशन दिएको प्रबक्ता ओलिले जानकारी दिनु भयो ।

अतिक्रमण गर्ने सम्बन्धित ब्यक्ति भण्डारि संग सम्पर्क गर्ने प्रयास भैरहेको र उक्त क्षेत्रमा निर्माण गरिएको संरचना भत्काईने  कावा नगर प्रमुख रावलले बताउनुभएकाे छ । सार्बजनिक क्षेत्र , अतिक्रमण खोलानाला,प्राकृतिक सम्पदा लगाएतका सार्बजनिक सम्पतिहरु संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताउदै उहाले अतिक्रमण हुने कार्यलाई रोक्ने र अटेरी गर्नेलाई कानुनी कारबाहि प्रक्रिया अघि बढाउने उहाको भनाई छ ।

तपाईंको प्रतिक्रिया