कात्तिके चौरमा जलाशय निर्माण गरिदै

 चैत २४, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ कात्तिके चौरमा जलाशय निर्माण गर्न थालिएको छ । दाङ बृहत सिचाई आयोजनाले जलाशय निर्माण गर्न थालेको हो । जलाशय निर्माणबाट पर्यावरण,सिचाई,खानेपानी, फाइदा पुग्ने देखिएको छ । जलाशयको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले जलाशयको शिलन्यास गर्नुभएको हो । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले प्रत्येक वडामा जलाशय निर्माण गरेर कृषिजन्य वस्तुको उत्पादनमा बढावा दिने बताउनुभयो । उहाँले जलाशय निर्माण गरेर पारिस्थितिक प्रणालीको सुधारका साथै पानीका मुहानहरु सुक्ने समस्याहरु समेत दीर्घकालीनरुपमा समाधान हुने बताउनुभयो ।

शिलन्यास कार्यक्रममा वडाध्यक्ष भीमबहादुर योगीले जलाशय निर्माणको परिकल्पना विगतदेखि नै हुँदै आएतापनि अहिले कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो । उहाँले यस क्षेत्रका सुख्खापनलाई जलाशय निर्माणसंगै दीर्घकालीनरुपमा समाधान हुँदै आउने बताउनुभयो । कार्यक्रममा निवर्तमान वडाध्यक्ष राज आचार्यले सबैको सहयोग सहकार्यमा जलाशय निर्माणले सार्थकता पाउने बताउनुभयो ।

कार्यक्रममा, जिल्ला विकास समितिका पूर्व उपसभापति राममणि नेपाली, नेकपा एमालेका टीकाराम कडेल,नेपाली कांग्रेसका कुशल तर्ताल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । शिलन्यास कार्यक्रम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यता एवम खिमबहादुर वलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

तपाईंको प्रतिक्रिया