सुनको मूल्य तोलामा १ लाख ११ हजार २ सय रुपैयाँ पुग्यो

काठमाडौं । सुनको मूल्य मंगलबार थप ३ सय रुपैयाँ वृद्धि हुँदै प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार थप ३ सय रुपैयाँले वृद्धि भएको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै वृद्धि हुँदै १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाईंको प्रतिक्रिया