शान्तिनगरमा अपांगता भएका ब्यक्तिकाे लागि उद्यमशिलता तालिम

 बैशाख २७, २०८०

तुलसीपुर । पश्चिम दाङमा अपांगता भएका ब्यक्तिहरुकाे लागि व्यवसायिक उद्यमशिलता विकास तालिम प्रदान गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशको आर्थिक सहयोग,सामाजिक बिकास डिभिजन कार्यालय तुलसीपुरकाे समन्वय र अपाङ्गता शसक्तीकरण केन्द्र नेपाल शान्तिनगरको आयोजनामा तालिम प्रदान गरिएको हाे ।

शान्तिनगर ७ खैरेनीमा सञ्चालित तालिममा अपांगता भएका ब्यक्तिहरुले गर्न सक्ने उद्यम, व्यावसायिक सम्भावना चुनाैति र बजारिकरण बारे तालिम दिईएकाे थियोे । तालिमको प्रमुख प्रशिक्षकमा दिपक परियार र सहायक प्रशिक्षकमा सुमन गौतम रहेका थिए ।

यसैबीच बैशाख २१ गतेबाट सुरु भएको ७ दिने तालिमको समापन भएको छ । अपाङ्गता शसक्तीकरण केन्द्रकि अध्यक्ष रजनी शाहकाे अध्यक्षता तथा शान्तिनगर गाउपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्य एवं सामाजिक विकास डिभिजन कार्यलयका लेखा अधिकृत सुरत बुढाथोकिको विशिष्ट आतिथ्यमा समापन कार्यक्रम भएको हाे ।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि बस्नेतले अपाङ्गता भएका ब्यक्तिहरुका लागि पालिकाबाट हुने सहयोगमा कुनै कन्जुस्याइँ नगर्ने बताएका थिए ।

 

तपाईंको प्रतिक्रिया