विश्वकप छनोटअघि नेपाली क्रिकेट टिमले दक्षिण अफ्रिकामा तयारी गर्ने

 बैशाख २८, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी जुन-जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट पुरुष विश्वकप छनोटको तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ । जिम्बावे र दक्षिण अफ्रिकाको मौसम उस्तै हुने भएकोले नेपालले दक्षिण अफ्रिका गएर तयारी गर्न लागेको हो ।

नेपालले जुन पहिलो साता दक्षिण अफ्रिका जाने र १० दिन दक्षिण अफ्रिकामा तयारी गर्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया