सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

 बैशाख ३१, २०८०

काठमाडौं । सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ। जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यसअघि जेठ ४ गते प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूसँग छलफल गर्दैछन्। सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुअघि नीति तथा कार्यक्रमको तयारी तिव्र रुपमा अघि बढाएको छ।

तपाईंको प्रतिक्रिया