महिला हिंसा न्यूनीकरण गर्न तालीम

 जेठ ०३, २०८०

तुलसीपुर । तुल्सीपुरमा महिला हिंसा न्यूनीकरणका लागि तालिम शुरु भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग तथा साझेदारी बिकास मञ्च दाङको आयोजनामा र तुल्सीपुर उपमहानगरपालिका वडा नं ७ र महिला बालबालिका तथा सामाजिक बिकास शाखाको समन्वयमा २ दिने तालिम सुरु भएको हाे । साझेदारी बिकास मञ्चका अध्यक्ष खेमराज बिश्वकर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ७ वडा अध्यक्ष राम बहादुर जि.सीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तुलसीपुर ७ का वडा सदस्य डिला बिश्वकर्मा, शोभाराम भण्डारी, ने.रे.सो. तुलसीपुर उपशाखा सभापति देबका नेपाली, दलित नागरिक समाज दाङ संयोजक छबि परियार, नेकपा एमाले जिल्ला सदस्य पिताम्बर आचार्य लगायतले बोल्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष जिसीले हाम्रो समाज पृतिसत्तात्मक परिवार भएकोले महिला माथि विभिन्न बहानामा हिंसा भै रहेको हुदा न्यूनीकरण गर्न घरैदेखि मनै देखि लाग्नु पर्ने बताउनु भएको थियो।

कार्यक्रममा बाेल्ने सहभागीले जब सम्म महिला आर्थिकरुमा सशक्त हुदैनन, शैक्षिकरुपमा सबल हुदैनन तब सम्म महिला हिंसा खेप्नु पर्ने बाध्यता रहेको बताएका थिए ।

संस्थाका अध्यक्ष खेमराज बिश्वकर्माले संबिधानमा महिला समानता र अधिकारका सवालमा धेरै लेखिएपनि बास्तबिक ब्यबहारमा भने असमानता रहेको बताएका थिए । महिला हिंसा न्यूनीकरण गर्नका लागि कानूनका साथै ब्यबहारिक रुपमा कार्यान्वयन हुनु पर्ने कुरामा जोड दिएका थिए।

 

कार्यक्रममा महिला बालबालिका तथा सामाजिक बिकास शाखा प्रमुख माया श्रेष्ठ, प्रशासन अधिकृत बिष्णु कुमारी आचार्यले प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रमको संचालन गंगा बिश्वकर्माले गर्नु भएको थियोे । तालिममा २५ अगुवा महिलाहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया