नेकपा एसका केन्द्रीय सचिव सहित दाङ जिल्ला कमिटी एमालेमा समाहित

 जेठ ०६, २०८०

तुलसीपुर । नेकपा एकिकृत समाजवादी दाङ जिल्ला कमिटी एमालेमा समाहित भएको छ । केन्द्रीय सचिव भागवत विश्वासी, पुर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, जिल्ला कमिटी अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चुर्ण बहादुर वली, सचिव डिल्ली डागि , नेताहरु शारदा स्वर्णकार, राममणि नेपाली सहित सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरु एमालेमै फर्किएका हुन ।

उनिहरुलाई एमालेका महासचिव शङ्कर पाेखरेलले स्वागत गरेका छन । ४०औं नेत्रलाल स्मृति सभाको अवसरमा समाजवादीका नेता कार्यकताहरु नेकपा एमालेमा समाहित भएका हुन ।

तपाईंको प्रतिक्रिया