कांग्रेस-माओवादीका कारण जनता मारमा परे: महासचिव पाेखरेल

 जेठ ०६, २०८०

तुलसीपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले
कांग्रेस र माओवादीले जनताकाे जीवन कष्टकर बनाउने काम गरेको बताएका छन । सरकार सञ्चालनका नाममा अनेकौं बेथिति थुपारेर जनता मारमा परेको उनले बताएका छन । नेकपा एमालेले तुलसीपुरमा आयाेजना गरेको ४०औँ नेत्रलाल पौडेल अभागी स्मृति दिवस समारोहमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन ।

उनले आफ्नो खुट्टामा आफैँ उभिन नसकेर अरुकाे सहारामा चुनाव लड्ने देशलाई अस्थिर बनाउने गरेको बताएका थिए । महासचिव पाेखरेलले नेपाली कांग्रेसले समेत राष्ट्रको नेतृत्व गर्ने सामर्थ्य गुमाइसकेको बताएका छन् । थाेरै सिटमा खुम्चने डरले कांग्रेसले एक्ला एक्लै चुनाव लड्ने आँट नगरेको उनले बताएका छन ।

पोखरेलले देशलाई बलियाे शक्तिकाे आवस्यकता भएको हुदा आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन सबै लाग्नुपर्ने बताएका थिए । जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेतकाे अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेताहरु सुजिता साक्य,नरुलाल चाैधरी,शान्ता चाैधरि, एसबाट एमालेमा फर्किएका नेताहरु भागवत बिश्वासि, हिराचन्द्र केसी लगायतकाले बाेलेका थिए ।

उनिहरुले नेत्रलालले कम्युनिस्ट आन्दोलनमा गरेको याेगदान गर्दै अनुशरण गर्नुपर्नेमा जाेड दिएका थिए । उपाध्यक्ष राममणि पाण्डेकाे स्वागत मन्तवयबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन विष्णु पाैडेल र सहजिकरण सचिव मनाेहर बुढाथोकीले गरेका थिए

तपाईंको प्रतिक्रिया