पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस

 जेठ ०७, २०८०

काठमाडौँ ।  न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरुको न्युनतम तलब बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई समितिकी अध्यक्ष संगीता खड्का सहितका सदस्यहरुले भेटेर चौथो तहको पत्रकारको न्यूनतम तलब ३४ हजार १ सय २४ बनाउन प्रस्ताव गरेका हुन् । पत्रकारको न्युनतम पारिश्रमिका विषयमा मन्त्रिपरिषदबट निर्णय गराउने कुरा भएको न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रामहरि कार्कीले बताउनुभएको छ ।

मन्त्रिपरिषद्धबाट निर्णय भएमा आगामी आर्थिक वर्षदेखि नयाँ तलबमान कायम हुने कार्कीले बताउनुभएको छ । यस्तै अन्य सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारहरुको न्युनतम तलब १७ हजार ६२५ रुपैयाँबाट २४ हजार ६७५ कर्मचारी र कामदारहरुको १५ हजार ६२५ बाट २१ हजार ८७५ रुपैयाँ कायम गर्न समितिले सिफारिस गरेको छ । यसअघि पत्रकारको न्युनतम तलब २४ हजार ६ सय कायम गरिएको थियो ।

तपाईंको प्रतिक्रिया