लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिदै

 जेठ ०७, २०८०

तुलसीपुर । लुम्बिनी प्रदेशमा आज मन्त्रीपरिषद विस्तार हुने भएको छ । आईतबार बसेको मन्त्रीपरिषदको बैठकले थप २ मन्त्री थप गर्ने निर्णय गरेको हो । काँग्रेसबाट राजु खनाल र जसपाबाट भण्डारीलाल अहिरलाई मन्त्री बनाउने तयारी छ । त्यसकालागि अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।

त्यस्तै यस अघि मन्त्री हुनु भएका नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने समेत मन्त्रीपरिषदको निर्णय भएको छ ।

लुम्बिनी प्रदेशमा १० वटा मन्त्रालय रहेका छन् । ति मन्त्रालयमा थपघट पनि नगर्ने र राज्य मन्त्री पनि नराख्ने समेत निर्णय भएको छ । सोही अनुसार काँग्रेसले मुख्यमन्त्रीसहित ४ वटा, माओवादी केन्द्रले ३ वटा, नागरिक उन्मुक्ती पार्टी, जसपा र लोसपाले १÷१ वटा मन्त्रालय लिने सहमति भएको समेत सरकारका प्रबक्ता सन्तोष कुमार पाण्डेयले बताए । काँग्रेसबाट अझ २ र माओवादी केन्द्रबाट २ जना मन्त्रीको नाम टुंगिसकेको छैन । जसले गर्दा अझै पनि मन्त्री परिषदले पूर्णता पाउन नसकेको हो ।

तपाईंको प्रतिक्रिया