नक्कली शरणार्थी प्रकरणमा थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई उनीहरूलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको हो । प्रहरिले टाेप बहादुर रायमाझी, बालकृष्ण खाँणसहित १६ जनालाई पक्राउ गरेकाे छ ।
तपाईंको प्रतिक्रिया