रुकुम दुलिमा जीप दुर्घटना, चार जनाको मृत्यु

 जेठ ११, २०८०

तुलसीपुर । रुकुमपश्चिको बाँफिकोट गाउँपालिका दुलिमा जिप दुर्घटना हुँदा पाँच दिने शिशु सहित ४ जनाको मृत्यु भएको छ । बिहीबार बिहान ७ बजे जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो ।

चार जनाको मृत्यु भएको खबर आएको र उद्दार जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जनाएका छन् । जिपमा १४ जना सवार रहेको उनले बताए । घाइतेलाई थप उपचारका लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको भट्टराईले बताए ।

तपाईंको प्रतिक्रिया