वडामा रहेका एम्बुलेन्स चालकको पारीश्रमिक अब वडाले ब्यहोर्ने
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आगामि आर्थिक बर्षबाट एम्बुलेन्स चालकको तलव वडाबाट उपलब्ध गराउने भएको छ । उपमहानगररको ११औं कार्यपालिकाको बैठकले वडामा पठाईएका चालकको तलव असार सम्म मात्रै उपलव्ध गराउने निर्णय गरेको हो ।
आगामि बर्षदेखि सम्बन्धित वडाबाट चालकको तलव, मर्मत, नविकरण सबै ब्यवस्था मिलाईने छ । एम्बुलेन्सको कुनै आर्थिक तथा प्रशासनिक दायित्व उपमहानगर लाई नपर्ने गरि हस्तान्तरण गर्ने निर्णय भएको छ ।
तपाईंको प्रतिक्रिया