तुलसीपुरमा पौडेल वंशको भेला

 जेठ १३, २०८०

तुलसीपुर । पौडेल वंश महासंघको तुलसीपुर नगरस्तरिय तदर्थ समिति गठन गरिएको छ । पौडेल वंशको तुलसीपुरमा शनिबार (आज) बसेको भेलाले कालिकाप्रसाद पौडेलको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।

तदर्थ समितिको सचिवमा बसन्त पौडेल, कोषाध्यक्षमा बिमल पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा नारायण पोडेल, केशवराज पौडेल, नरेश पौडेल, रुद्रमणी पौडेल, चिरन्जीवी पौडेल, बासुदेव पौडेल र हरिप्रसाद पौडेल चयन हुनुभएको छ ।

पौडेल वंश महासंघ दाङका अध्यक्ष रामकुमार पौडेलको अध्यक्षतामा भेला भएको हो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष मोहन पौडेल, रेडक्रस दाङका उपसभापति हरिहर पौडेल, राप्ती बबई क्याम्पसका सहायक क्याम्पस प्रमुख दिपक पौडेल, तुलसीपुर-१९ का वडा सदस्य रामबहादुर पौडेल, तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक गोकणर् पौडेल, मावि सेन्टर तुलसीपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेल लगायतले पौडेलहरु बिचको एकता, भाइचारा, बन्धुत्वको लागि संगठनले महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो ।

केन्द्रको कार्यक्रम अनुसार घोराही र तुलसीपुरमा गठन गरिएको र बाँकी अन्य पालिकामा पनि संगठन विस्तार गर्ने महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया