भारतमा बस दुर्घटन हुँदा १० जनाको मृत्यु

 जेठ १६, २०८०

काठमाडौं ।  भारतको जम्मुमा भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । आज बिहान झज्जर कोटली क्षेत्रमा एक पुलबाट बस खसेर भएको भएको दुर्घटनामा अन्य २० जना घाइते भएका छन्। जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

अमृतसरबाट वैष्णोदेवी जाँदै गरेको बस दुर्घटनामा परेको हो। बसमा ७५ जना सवार रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

फाईल फोटो

तपाईंको प्रतिक्रिया