नेपालमा मल कारखाना बनाउन भारतले सहयोग गर्ने

 जेठ १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको क्रममा विभिन्न सम्झौता भएको छ। यसबीच भारतले नेपालमा मल कारखाना स्थापनामा समेत सघाउने उल्लेख गरेको छ।

सम्झौता कार्यक्रमपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘नेपालमा एउटा मल कारखाना स्थापना गर्न आपसी सहयोगमा पनि हाम्रो सहमति भएको छ।’

नेपालमा मल कारखाना बनाउन लगानी बोर्डले अध्ययन गर्दै आएको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि मल कारखाना स्थापना गर्ने उल्लेख छ।

अहिले अधिकांश मल भारतबाट आउने गरेको छ भने केही बंगलादेश लगायन अन्य देशबाट पनि आउँछ।

तपाईंको प्रतिक्रिया