४५ प्रतिशतको मातृभाषा नेपाली, ११.०५ प्रतिशतको मातृभाषा मैथिली

 जेठ १९, २०८०

काठमाडौं । नेपालको कुल जनसंख्याको झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक मातृ भाषासम्बन्धी तथ्यांकअनुसार ४४.८६ प्रतिशतको मातृभाषा नेपाली छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै १ करोड ३० लाख ८४ हजार ४५७ जनाको मातृभाषा नेपाली हो ।

नेपालीपछि मैथिली मातृभाषा हुनेको संख्या धेरै छ । ३२ लाख २२ हजार ३८९ जना अर्थात ११.०५ प्रतिशतको मातृभाषा मैथिली छ । भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८, तामाङ, ४.८८, बजिका ३.८९, अवधि २.९६, नेवारी २.९६ र २.७८ प्रतिशतको मातृभाषा मगर धुत रहेको छ । जनगणनाअनुसार नेपालमा १२७ भाषाभाषी छन् । सबभन्दा कम कुसुण्डा भाषाका छन् । यो भाषा मातृभाषा हुनेको संख्या २३ जना मात्र छ । यस्तै बन्करिया मातृभाषा भएकाहरुको संख्या पािज ८६ मात्र रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया