हलवार खानेपानीकाे अध्यक्ष र सचिवमा गठबन्धनकाे हार, एमालेका उम्मेदवार विजयी

 जेठ २०, २०८०

तुलसीपुर । तुलसीपुर ४ मा रहेको हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा प्रभात थापा र सचिवमा चन्द्र बहादुर खत्री निर्बाचित हुनु भएको छ । आज शनिबार बनहरिमा सम्पन्न भएको निर्बाचनमा नेकपा एमालेका उम्मेदवारहरुले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै निर्बाचित भएको निर्वाचन समितिले जानकारि दिएको छ ।

अध्यक्षमा थापा मगरले १७७ मत प्राप्त गरि बिजयि हुनुभएको छ भने उहाका प्रतिस्पर्धि प्रकास केसिले १४५ मत प्राप्त गर्नु भएको छ । यस्तै सचिवमा खत्रीले १७२ मत प्राप्त गरि बिजयि हुनु भएको छ भने उहाका प्रतिस्प्रधि ओमकान्त रिजालले १४६ मत प्राप्त गरेको समितिका संयोजक फनेन्द्र भट्टराईले जानकारि दिनु भयो ।

जम्मा ४०० मतदाता रहेकोमा ३३६ मतदाताले मतदान गरेका थिए । अध्यक्ष र सचिव पद बाहेक अन्य पदाधिकारी यस अघि नै सर्वसम्मत चयन भईसकेका छन् । सहमती हुन नसकेपछि अध्यक्ष र सचिव पदमा निर्बाचन भएको हो

तपाईंको प्रतिक्रिया