सामाजिक सुरक्षा कोषमा आबद्ध हुन श्रमीकलाई आग्रह

 जेठ २०, २०८०

तुलसीपुर  । नेपाल टे«ड युनियन महासंघ जिफन्टका उपाध्यक्ष तथा सामाजिक सुरक्षा प्रमुख कमल गौतमले श्रमीकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह गर्नुभएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमीकहरुको हितका निम्ति भएकाले यसमा आबद्ध हुन उहाले आग्रह गर्नुभएको छ ।

शनिवार तुलसीपुरमा नेपाल टे«ड युनियन महासंघ जिफन्ट तुलसीपुर उपमहानगर स्तरिय भेलालाई सम्वोधन गर्दै उहाले संगठित वा असंगठित रुपमा काम गर्ने श्रमीकहरुका विभिन्न समस्याहरु भएको बताउनु भयो । साथै उहाले आगामी आर्थिक वर्ष देखी राज्यले श्रमिकहरुको पारिश्रमीक बृद्धि गर्नुपर्ने र स्थानिय सरकारले श्रमीकहरुलाई परिचय पत्र उपलब्ध गराउनु पर्ने माग राखेको बताउनु भयो ।

शिवराज पन्थीको अध्यक्षतामा सम्पन्न भएको भेलाले नगर स्तरिय जिफन्ट गठन गरेको छ । जसको अध्यक्षमा केशब बहादुर भण्डारी रहनु भएको छ । यस्तैगरी उपाध्यक्षमा बसन्ता सापकोटा, सचिवमा विर बहादुर घर्ति क्षेत्री रहनु भएको छ । यस्तै सदस्यहरुमा अमर बहादुर डाँगी, खिम बहादुर डाँगी, शालिकराम बिटालु र किरण परियार रहनु भएको छ । सो अवसरमा अध्यक्ष भण्डारीले आफुले यातायात मजदुरको क्षेत्रमा लामो समय काम गर्दै आएको बताउदै श्रमीकहरुको हक र अधिकारको पक्षमा वकालत गर्ने प्रतिबद्धता जनाउनु भयो । साथै उहाले श्रमीकहरुलाई जिफन्टमा गोलबद्ध हुन अपिल गर्नुभएको छ ।

भेलाको सहजीकरण नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटिका सचिव खिम बहादुर डाँगीले गर्नुभएको थियो । भेला यातायात स्वतन्त्र मजदुर संगठनको कार्यालय तुलसीपुरमा भएको हो ।

तपाईंको प्रतिक्रिया